नियम ११५
सूचना प्रविधि समिति
(१) अदालत तथा मातहतका अदालतहरूमा सूचना प्रविधिको प्रयोग गर्ने गराउने सम्बन्धमा आवश्यक नीति निर्धारण गर्न र सो नीतिको कार्यान्वयनको अनुगमन गर्ने समेतको कार्य गर्न अदालतमा एक सूचना प्रविधि समिति रहनेछ ।
(२) उपनियम (१) बमोजिमको समितिको गठन देहाय बमोजिम हुनेछ :–
(क) प्रधान न्यायाधीशले तोकेको अदालतको न्यायाधीश –अध्यक्ष
(ख) प्रधान न्यायाधीशले आवश्यकता अनुसार तोकेको अदालतका
अन्य न्यायाधीश –सदस्य
(ग) प्रधान न्यायाधीशले तोकेको उच्च अदालतको मुख्य न्यायाधीश वा
न्यायाधीश एकजना –सदस्य
(घ) मुख्य रजिस्ट्रार –सदस्य
(ङ) रजिस्ट्रार –सदस्य
(च) सूचना प्रविधि निर्देशक –सदस्य
(छ) मुख्य रजिस्ट्रारले तोकेको अदालतको सहरजिस्ट्रार –सदस्य–सचिव
(३) समितिको बैठकमा आवश्यकता अनुसार सूचना प्रविधि विशेषज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।
(४) उपनियम (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) न्यायपालिकाको समग्र काम कारबाहीलाई सूचना प्रविधि मैत्री बनाउने सम्बन्धमा आवश्यक नीति तर्जुमा गर्ने,
(ख) अदालत तथा मातहतका अदालतमा सूचना प्रविधिको संस्थागत विकासको लागि आवश्यक पर्ने संरचनागत व्यवस्था गर्ने,
(ग) न्याय सम्पादनको कार्यमा समय सापेक्ष रूपमा सूचना प्रविधिको प्रयोग र विस्तार गर्ने ।